दफा ३७
रुग्ण उद्योगको पहिचान
(१) उद्योगले आफ्ना व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको मितिदेखि न्यूनतम पाँच वर्ष सञ्चालनमा रही नियतवश वा व्यवस्थापकीय कमजोरीका कारणले नभई काबु बाहिरको परिस्थिति परि लगातार पछिल्ला तीन वर्षसम्म उद्योगको जडित क्षमताभन्दा तीस प्रतिशत वा सो भन्दा कम क्षमतामा सञ्चालन भई सो तीन वर्षको अवधिमा लगातार घाटामा सञ्चालनमा रहेको उद्योगलाई तोकिए बमोजिमको मापदण्डका आधारमा तोकिए बमोजिमको कार्यविधि अपनाई नेपाल सरकारले रुग्ण उद्योगको रुपमा पहिचान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम रुग्ण भई बन्द अवस्थामा रहेको उद्योगले रुग्ण हुनुभन्दा पहिले रोजगारी सिर्जना वा आयात प्रतिस्थापन वा निर्यात प्रर्वद्धन गरी विदेशी मुद्रा आर्जन गर्न योगदान पु¥याएको आधारमा तोकिए बमोजिम निश्चित छुट, सुविधा वा सहुलियत उपलब्ध गराउँदा पुन सञ्चालनमा आउन सक्ने अवस्था देखिएमा नेपाल सरकारले त्यस्तो उद्योगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि तोकिए बमोजिम आवश्यक व्यवस्था गर्न सक्नेछ ।